मृतककाे परिवारलाई पाँच लाख : दाहाल

बारा,२० चैत

नेपाल कम्युनिष्ट पार्टी्का अध्यक्ष  एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बारा र पर्सामा आइतबारको हुरीबाट मृत्यु हुनेका परिवारलाई पाँच लाख रूपैयाँ दिलाउने बताएका छन्।

मंगलबार हुरी प्रभावित बाराको फेटा पुगेका दाहालले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा भइरहेको बताए।

‘मृतकका परिवारलाई पाँच लाख रूपैयाँ दिलाउने घोषणा गर्दछु,’ दाहालले भने, ‘भत्केका सबै घर पनि सरकारले नै बनाइदिन्छ। घाइतेको उपचार र क्षति भएको बालीनालीको क्षतिपुर्ति पनि सरकारले दिन्छ।’

उनले मृतकका परिवारलाई दिने पाँच लाख रूपैयाँ कसले कसरी दिने भन्नेबारे भने खुलाएनन्।

यसअघि प्रदेश नम्बर २ को सरकारले सोमबार मृतकका परिवारलाई तीन लाखका दरले राहत दिने निर्णय गरेको थियो।