• ट्रेण्डिङ :

भारतद्वारा भूकम्पद्वारा क्षति पुगेको निजी घर पुननिर्माणका लागि ३ अर्ब १० करोड सहुलियत ऋण प्रदान

भारतद्वारा भूकम्पद्वारा क्षति पुगेको निजी घर पुननिर्माणका लागि ३ अर्ब १० करोड सहुलियत ऋण प्रदान

cnewsnepal

बिहिबार, कार्तिक २८ २०७६
पढ्न लाग्ने समय: < २ मिनेट


 काठमाडौ २८ कात्तिक । भारत सरकारको तर्फबाट भारतीय निर्यात–आयात बैंक (एक्जिम) ले बुधबार नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोध भर्नाका लागि सहुलियत ऋण व्यवस्थामार्फत ३ अर्ब १० करोड नेपाली रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराएको छ ।

नुवाकोट तथा गोर्खा जिल्लाका ५० हजार निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले ऋण व्यवस्थामार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने वाचा गरेको थियो ।यसका अतिरिक्त भारतले यी घरहरुको निर्माणका लागि अनुदान स्वरुप १ सय मिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्घता गरेको थियो ।

भारतले हालसम्म घरधनीहरुलाई पहिलो र दोस्रो किस्ता गरी ६ अर्ब ९६ करोड नेपाली रुपैयाँ प्रदान गरिसकेको छ ।घरधनीहरुलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रोत्साहन गर्नका लागि भारत सरकारले सामाजिक–प्राविधिक सहजीकरणको सुविधा प्रदान गर्दै आएको छ ।

नेपालमा भूकम्प पश्चातको पुनर्निमाण परियोजना सम्पन्न गर्न नेपाली जनतातथा नेपाल सरकारलाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्घ रहेका काठमाडौं स्थित भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार