आइतबार राति सिरहाको लहानबाट २० हजार लिटर डिजेलसहितको ना४ख ४१६३ नम्बरको ट्यांकर बेपत्ता भयो ।
नेपाल आयल निगमको इन्धन डिपो अमलेखगंजबाट आइतबार प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगर लैजाने क्रममा ट्यांकर लहानबाट अपहरणमा परेको थियो ।
ट्यांकर तीन दिनपछि बुधबार बिहान धनुषाको रामदहैयामा फेला परेको छ । सो ट्यांकर भेटेकोे विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच दोहोरी चलेको छ ।
सशस्त्र प्रहरी बलको धनुषा नक्टाझिझबाट खटिएको टोलीले राम मन्दिर अगाडि रित्तो अवस्थामा पार्किङ गरेको ट्याङकर सशस्त्र प्रहरीको टोली फेला पारेको दाबी गरेको छ ।
यता लहान प्रहरीले उक्त ट्याङकर नेपाल प्रहरीको टोलीले भेटेको र ट्यांकर भेट्दा सशस्त्र प्रहरीको टोली उक्त स्थानमा नरहेको दाबी गरेको छ ।