विश्व जगतलाई हलाउने जैविक हतियार (तस्बिर सहित)

काठमाडौ ११ फागुन मानवले मानवलाई सयाै गुणात्मक आणविक बम भन्दा ठुलाे क्षति गर्ने जविक हतियार जस्ताे जिवाणुवाट बिश्व समुदायलाई क्षेय गर्ने जैविक हतियारवाट बिश्वलाईनै त्रसित पार्दै लगेकाे छ ।

चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्व अर्थतन्त्रलाई धक्का दिन थालेको हाे ।
चिन वाट २००३ मा फैलिएको सार्स,हाेस या ईभाेला,एचआईभी एड्स ,डेङ्गु यस्तै महामारी फैलिँदा वा अरू किसिमका संकट आउँदा विश्व अर्थतन्त्रमा नराम्रो असर पर्नुका साथै मानव जिवनमा संकट पैदा गराएकाे छ ।

सन २००३ मा ‘सार्स’ फैलिँदा चिनियाँ अर्थतन्त्रको वृद्धिदर न्यून भएकाे मात्र थिएन नागासाकीर हिराेसिममा हाेस या नेपाल का २०७२ वैशाख १२ गते गएको शक्तिशाली भुकम्प मा भन्दा वढि धक्का दिएकाे छ ।

कोरोना भाइरसबाट ज्यान जानेको संख्या सार्सको तुलनामा बढी छ। १ हजार ७ सय १६ स्वास्थ्यकर्मीहरूमा पनि कोभिड-१९ को संक्रमण देखिएको नेसनल हेल्थ कमिसनले बताएको थियो।

डा.यिनहुआको मृत्युपछि चीनमा स्वास्थ्यकर्मीहरूको मृत्यु हुने संख्या नौ पुगेको हो।

कोभिड-१९ बाट अहिलेसम्म चीनमा २ हजार २ सय ३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ४ सय ६५ जना संक्रमित भएका छन् ।

रोगको प्रकोपले सबैभन्दा बढी असर उपभोग र पर्यटन उद्योगमा परेको छ। यसले व्यावसायिक मनोबलमा ठूलो गिरावट ल्याएको छ। विश्व युद्ध भन्दा यस्ता जैविक राेगले मानविय संकट पैदा मात्र गराएकाे छैन अार्थिक संकट तथा विश्व जगतलाई पिन ठुलाे धक्का महशुस गरिएको छ ।

विश्व बैंकले २००६ मा गरेको एक अध्ययनअनुसार सार्सको महामारीले रेस्टुरेन्ट, हवाई यातायात र सामान्य उपभोग्य वस्तु उत्पादनमा २० प्रतिशत भन्दा वढि कमी आएको बताएकाे थियाे ।

विश्व बैंकको त्यही अध्ययन पछ्याउने हो भने कोरोना भाइरसको प्रकोपबाट विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ ।

अमेरिकाबाट सुरू २००८ को वित्तीय संकटले विकसित मुलुकको अर्थतन्त्र ३.४ प्रतिशत, विकासशील मुलुकको २.९ र समग्र विश्व अर्थतन्त्र ०.१ प्रतिशत मात्र घटेको थियो।

चिनियाँ नयाँ वर्षको सेरोफेरोमा कोरोना भाइरस फैलिएकाले यसको आर्थिक असर व्यापक हुने अनुमान छ। पर्वको सेरोफेरोमा चीनमा खुद्रा व्यापार र यातायात गतिविधिमा मार परेकाे छ ।

हुबेइ प्रान्तका १५ सहर पूर्ण बन्द छन्। उद्योग, कलकारखानाले विदा लम्ब्याएका छन्। विदा मनाउन गएका र फर्किएर आफ्नो गन्तव्यमा जान चाहनेहरू थुनिएका छन्। रोग नियन्त्रणमा आउने र विदा चाँडै टुंगिनेमा कामदार आशावादी छन्। यसपछि पनि आर्थिक गतिविधिले गति लिन समय लाग्ने विश्लेषकको भनाइ छ।

सन् २००३ ताका चीनले विश्व अर्थतन्त्रको ४.४ प्रतिशत हिस्सा ओगट्थ्यो। हाल यो अनुपात बढेर १५.४ प्रतिशत पुगेको छ। विश्व अर्थतन्त्रमा चीनको बढ्दो प्रभावका कारण उसको अर्थतन्त्रमा आउने मन्दीको असर पहिलेभन्दा व्यापक हुनेछ।

हाल चीन विद्युतीय सामग्री तथा अन्य प्राविधिक वस्तुको सबभन्दा ठूलो आपूर्तिकर्ता हो। चिनियाँ उपभोक्ताले विश्व उत्पादनको ठूलो हिस्सा खपत गर्छन्। आन्तरिक तथा बाह्य वस्तुको खपतमा चिनियाँ उपभोक्ताको हिस्सा पछिल्ला वर्ष बढिरहेको छ। त्यसैले चिनियाँ उपभोक्ताको आम्दानी घट्नु र उपभोगलाई उनीहरूले स्थगित गर्दै लैजाँदाको असर पनि विश्व अर्थतन्त्रमा ठूलो हुन सक्छ।

चिनियाँ केन्द्रीय बैंक एउटा आशाको केन्द्र हो। उसँग ठूलो परिमाणमा विदेशी मुद्रा सञ्चित छ। सम्भावित आर्थिक मन्दीबाट उतार्न उसले आफूसँग भएको धनराशी प्रयोग गर्न सक्छ। उसले चिनियाँ बैंकहरूलाई अनिवार्य मौज्दात अनुपातको प्रावधान थोरै लचिलो बनाइदियो भने पनि झन्डै ५०० अर्ब डलर बराबर रकम लगानीका लागि खुला हुन्छ।

यसअघि चीन सरकारले २००३ मा पनि आर्थिक उत्थानका लागि व्यावसायिक र कर्पोरेट करमा कटौती गरेको थियो।

सार्स महामारी बेला चिनियाँ सेयर बजार परिसूचक ४ प्रतिशत मात्र घटेको थियो। सार्स नियन्त्रणलगत्तै उक्त परिसूचक द्रुत गतिमा उकालो लागेको थियो। छिमेकी मुलुक खासगरी दक्षिण पूर्वी एसियाका बजारमा भने ढिलो बढोत्तरी भएको थियो।

कोभिड–१९ नाम दिइएको उक्त भाइरसको सङ्क्रमण इरानमा पहिलो पटक दुई व्यक्तिको ज्यान गएको इरानी स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको छ।
दक्षिण कोरियामा पनि कोभिड-१९ बाट एक जनाको मृत्यु भएको छ। याे संगै जापान,नेपाल,भारत लगायत दर्जनौं देशमा संक्रमित फेला परिसकेका छन् ।

विश्व समुदायमा पनि कोभिड-१९ काे संत्रास फैल्दाे रहेकाे छ ।
जैविक हतियार भन्दा पनि घाटक संक्रमणले विश्व जगतलाई समेत ठूलो क्षय गरेकाे विश्लेषकहरू वताउदै आएका छन् ।

तस्बिरहरू