१७ फागुन, काठमाडौं । नेपाल सरकारले केही सचिवको सरुवा गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको हाे ।
यस्तै महानगरका कार्यकारी अधिकृत रहेका केदार न्यौपानेलाई भूमिसुधारमा सरुवा गरिएको जनाएको छ । भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिला र त्यहाँका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई भने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
यस्तै अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई कामू दिएर राजश्वमा लगिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार