बाईकको टंकीमा ८ किलो ५ सय ग्राम चाँदी सहित भारतीय नागरीकलाई पक्राउ

बाँके २४ फागुन । बाँके प्रहरीले ८ किलो ५ सय ग्राम चाँदी सहित भारतीय नागरीकलाई पक्राउ गरेको छ । बाईकको टंकीमा लुकाएर चाँदी तस्करी गरीरहेको सुचनाका आधारमा प्रहरीले भारतीय नागरीक अलिब सलमानीलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यलय नेपालगन्जका प्रमुख हरी बहादुर बस्नेतले UP 032 JP 3888 नम्बरको पल्सर मोटरसाईकल खानतलासी गर्ने क्रममा टंकीमा लुकाईराखेको चाँदी बरामत गरीएको बताए । प्रहरी निरीक्षक बस्नेतका अनुसार सलमानीले प्रयोग गर्दै आएको मोटरसाईकलको टंकीबाट ८ किलो ५ सय ग्राम चाँदी बरामत गरेका हाैं ।”

पक्राउ परेका सलमानीलाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ।