कोरोनाबारे भ्रम फैलाएर कालाे बजारी गर्नेलाई हदै सम्मकाे कारवाही गर्ने गृहकाे निर्देशन

२४ फागुन काठमाडौं । विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिरहँदा नेपालमा पनि यसबारे सचेत रहन गृहमन्त्रालयले आग्रह गरेको छ।

गृह मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै देशकाे सिमा नाकार अन्तर्राष्ट्रिय आवतजावत केन्द्रहरूमा प्रभावकारी स्वास्थ परिक्षण,राेगकाे निगरानी,अस्पतालकाे पुर्वतयारी लगायत यसका लागि राेक थामका लागि गरिने विविध गतिविधिहरूमा प्राथमिकताका साथ कार्यान्वयन गरिरहेकाे बताएकाे हाे ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम देशको सूचीमा दर्ज गरेको छ। यसै सन्दर्भमा गृह मन्त्रालयले कोरोनाभाइरसबारे उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीमा नलाग्न आग्रह गरेको छ।

शनिबार गृह मन्त्रालयले सूचना जारी गरेर कोरोनाबारे भ्रमपूर्ण समाचारको पछि नलाग्न सचेत गराएको छ।

‘हालमा नेपालमा कोभिड-१९ संक्रमण भएका व्यक्तिहरू पत्ता लागेको छैन र यसको प्रसार समुदायमा भएको अवस्था पनि छैन। यस सम्बन्धमा उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडि नलागौं’, गृहले जारी गरेको सूचनामा भनिएको छ।

गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले कोरोनाबारे अनावश्यक भ्रम फैलाएर उपभोग्य वस्तु कालो बजारी नगर्न गृहको सुझावका साथै यदि कहीँकतै त्यस्तो भेटिए सम्बन्धित निकायमा खबर गर्न समेत आग्रह गरे । सह प्रबक्ता अधिकारीले त्यस्ताे पाए कानुनि दायरामा ल्याउन निर्देशन जारी गरिसकेकाे उनकाे भनाई छ ।

बढी भीडभाड हुने स्थानमा नजान र हाेलीमा शरिरमा अविर नदल्न,लाेला नहान,पानीमा नभिज्न ,गृहले सुझाएको छ।

विज्ञप्ति पढ्नु हाेला