प्रेस लेखिएको माेटरसाईकल सहित लागु औषधमा २ जना पक्राउ

२७ बारा कलैया । प्रहरीले अवैध प्रतिबन्धित लागुऔंषध सहित २ जना लाई पक्राउ पक्राउ गरेकाे छ ।

जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा न.२ स्थित नेपाल विद्युत प्राधिकरणअगाडी बाटोमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागुऔंषध सहित २ जना लाई पक्राउ पक्राउ गरेकाे हाे ।


जिल्ला प्रहरी कार्यालय बारा,कलैयाका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले प्रेस लेखिएको ना.६२ प ६२६७ न.को मोटरसाइकल चलाइआएका जिल्ला पर्सा विरगंज वडा न.१५ बस्ने वर्ष ३० को जितेन्द्र कुमार सिंह र साइकलमा सवार भारत विहार बस्ने वर्ष २२ को नासिर आलम समेत २ जनाले पक्राउ गरिएकाे बताए ।

प्रहरी नायव उपरीक्षक मिश्रका अनुसार उनिहरूकाे साथवाट अवैध लागु औषध डाईजेपाम ३०० (तीन सय) एम्पुल , नुफिन ३०० (तीन सय) एम्पुल, फेनारगन ३००(तीन सय) एम्पुल गरी जम्मा ९०० (नौ सय) एम्पुल सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए ।