सवारी साधन विस्तृत सुरक्षा चेकजाँच तालिम शुभारम्भ

काठमाडौं २६ फागुन । प्रहरीले सवारी साधन विस्तृत सुरक्षा चेकजाँच तालिम शुभारम्भ गरेकाे छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत महानगरीय प्रहरी वृत्त थानकोट र सिप्रदी ट्रेडिङको संयुक्त आयोजनामा ४ दिने
वारी साधन विस्तृत सुरक्षा चेकजाँच तालिम शुभारम्भ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले सवारी साधनमा अवैध हातहतियार,लागुऔंषध, भन्सार छलिका सामाग्री,गैरकानुनिक तवरका गतिविधि राेकथाम,सहजता र न्युनिकरणमा बिशेश सहजिकरण गर्न तालिम प्रदान गरिएको बताए ।

चन्द्रागिरि नगरपालिकाकाे सिप्रदीस्थित सिप्रदी ट्रेडिङको सभाहलमा प्रहरी कर्मचारीहरूको लागि सवारी साधन विस्तृत सुरक्षा चेकजाँच तालिम शुभारम्भ गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठकाे भनाई छ ।

४ दिनसम्म सम्पन्न हुने उक्त तालिममा महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय प्रहरी प्रभाग नाँगढुंगा, बलम्बु, मातातिर्थ, मत्स्यगाँउ र नैकापमा कार्यरत कुल १०० जना प्रहरी कर्मचारीहरू सहभागी हुनेछन् ।

सिप्रदी ट्रेडर्सका विज्ञ प्रशिक्षकहरूद्वारा प्रदान हुने उक्त तालिमले सवारी साधन चेकजाँचको क्रममा खटिने प्रहरी कर्मचारीको थप दक्षता अभिवृद्दि भई कार्यसम्पादनमा थप प्रभावकारीता हासिल हुने लक्ष्य लिईएको छ ।