कीर्तिपुर बृत्तद्वारा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

२९ फागुन काठमाडौ । काठमाडौंको दक्षिणकालीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला खाेटाङ पाैवापाेखरी गाउँ पालिका वडा नम्बर ३ घर भई दक्षिणकाली नगरपालिका वडा नम्बर २ पातिङ्गल बिगम फाँट बस्ने बर्ष ३५ काे नवीन राई रहेका छन् ।

महानगरीय प्रहरी बृत्त कीर्तिपुरका प्रमुख छेदी लाल कामतीले
गत साेमवार राईले ३३ वर्षीया उनकी श्रीमती पुष्पा राईको कपालमा समातेर ,घिसारी कुटपिट गरि सडककाे किनाकाे झाडीमा फालि राती बच्चाहरू संग घरमा सुत्न गई, भाेली पल्ट विहानै मृतककाे सवलाई काेठामा ल्याईराखेकाे अवस्थाममा प्रहरी फेला पारेकाे बताए ।

बृत्तका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुशील केसीका अनुसार मृतकका श्रीमान नवीन राईलाई प्रारम्भिक अनुसन्धान र घटना स्थलकाे तथ्य र प्रकृतिको अाधारमा तत्काल नियन्त्रणमा लई आवश्यक अनुसन्धान जारी भईरहेकाे जानकारी दिए ।

अभियुक्त श्रीमान राई विगत लामाे समय देखि बङ्गुर फार्ममा रेखदेख गर्दै आईरहेका थिए ।

मृतक पुष्पा राईकाेले श्रीमती पुष्पाकाे कुटपिटबाट मुख र टाउकोमा चोट लागेको अवस्थामा फेला परेकाे थियो ।