जबरजस्ती करणी गर्ने करण पक्राउ

२८ फागुन बारा  । एक नाबालिकालाई जबरजस्ती करणी गरेकोको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

सिमरा उपमहानगरपालिका वडा नं.५ बकुलिया टोल स्थित मकैबारीमा सो स्थान घर भई बस्ने १० वर्षिया नावालिकालाई जबरजस्ती करणी गरेकोको आरोपमा एक जना युवक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बारा,कलैया प्रमुख एसपी कृष्ण पंगेनीले वर्ष १९ को करण सहनीले वर्ष १० कि नाबालिकालाई जबरजस्ती करणी गरेकोको भन्ने प्राप्त सूचनाको आधारमा तत्काल इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको बताए ।

सहनीलाई जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिन को म्याद अनुमति लिई हिरासतमा राखि थप अनुसन्धान कार्य भई एसपी पंगेनीले बताए ।