प्रहरीमा कमिसनको खेल : लत्ताकपडा गुणस्तरहीन ईमानदार प्रहरी चिन्तामा

काठमाडौं, ३० फागुन । नेपाल प्रहरीमा बेलाबखत अनियमित र भष्टचारका समाचार बाहिरहेका हुुुुुन्छन् ।

नेपाल मौलाएको कमिसनको खेलले गर्दा ईमानदार प्रहरी प्रत्यक्ष त्यसकाे मारमा पर्दै आएका छन् ।

बजारमा पाईने भन्दा  कम मूल्य राखेर सेटिङकाे भरमा गुणस्तरहिन र कमसल सामग्री टेन्डर प्रक्रियाले गर्दा नेपाल प्रहरीमा कराेडाै रकम भष्टाचार हुँदै पनि आएको छ ।  न्याउरी र सर्पकाे कथा जस्ताे बिचमा आफू अनुकुल रकम खाने परिपाटीकाे विकास तिव्र भएर गएकाे छ ।

प्रहरीमा गुणस्तरीय  लत्ताकपडा खरिद हुँदै आएको छ। ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर सामानको गुणस्तरमा पर्न गएको हो।

 यस वर्ष पनि कमिसनकै कारण गुणस्तरहीन लत्ताकपडा, डिएसएम बुट, पार्क ज्याकेट खरिद गरिएको स्रोतको दाबी छ। ठेकेदार कम्पनीहरुले प्रहरीको प्रबन्ध शाखामा काम गर्ने कर्मचारीलाई मात्रै १० प्रतिशत कमिसन बुझाएर गुणस्तरहीन सामान बुझाउने गरेका छन्।

‘ठेकेदारले भुक्तानीको सुरु रकम जति आउँछ त्यसको १० प्रतिशत कमिसनबापत बुझाउने गरेका छन्। जुन रकम माथिसम्मै पुग्छ’, स्रोतले भन्यो, ‘यस वर्ष ७३ करोड रुपैयाँको ठेक्कामा मोबिाइलाइजेसन खर्चबापत निकासा भएको १५ करोडको १० प्रतिशत कमिसन करिब एक करोड ५० लाख रुपैयाँ ठेकेदार कम्पनीहरूले बुझाइसकेका छन्।

कमिसन रकम प्रबन्ध शाखामा काम गर्ने सबै तहका प्रहरी कर्मचारीदेखि नेतृत्व तहसम्म पुग्छ।’ प्रहरी प्रधान कार्यालय चालु आर्थिक वर्ष २०७५/०७६ को बजेट खर्च शीर्षक नं २११२१ (पोसाक) मा विनियोजित रकममध्येबाट भुक्तानी भएको थियो। प्रबन्ध शाखाले सोही बजेटअन्तगर्तको २० प्रतिशत पेस्की भुक्तानी गरिसकेको छ।यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।