काठमाडौं । २०७६ बैशाख १
अाज बिहान ७ वजे नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी भएकाे छ ।
प्रधानमन्त्री ओलीले विहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार नयाँ बर्ष २०७६ को सु-अबसरमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री ओलीले समृद्धिको क्षेत्रमा आफ्ना नयाँ योजनाहरु सार्वजनिक गर्ने छन् ।
ओलीले पुरानो वर्षको विदाई तथा नयाँ वर्षको स्वागतका लागि नेताहरुलाई बालुवाटारमा रात्रीभोज समेत दिएका थिए ।