काठमाडौ ९ चैत्र। कोरोना भाइरसको सम्भावित संक्रणबाट बचाउन सरकारले उपत्यकाभित्रका विभिन्न १६ स्थानमा साबुनपानी राखेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले माछापुछ्छे बैंकसँग सहकार्य गर्दै काठमाडौं, भक्तपुर र ललितपुरका बढी भिडभाड हुने स्थानमा ५ हजार लिटरकाे पानी ट्याङ्की सहित साबुनपानी राखेको हो।

मानिसहरुको बढी भिडभाड हुने स्थान काठमाडौंको रत्नपार्क सिनामंगल, बानेश्वर, कोटेश्वर, गौशाला, भत्तपुरका विभिन्न स्थान र ललितपुरमा साबुनपानी राखिएको महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए।

डीअाईजी पाेखरेलले भने, काेराेना भाईरसवाट अाम नागरिककाे सुरक्षाकाे जिम्मेवारी ग्यारेन्टी र सुरक्षित समाज,स्वास्थ समाज बनाउने जिम्मेवारी सरकारले लिन्छ त्यहि अनुरूप तपाईंहरूकाे सुरक्षाका लागि प्रहरी जस्ताे सुकै परिस्थिति अाएपनि समाधान गर्न तत्पर छ साेही अनुरूप प्रहरी हरेक दुख कष्टमा पनि परिचालित हुन्छ ।”

प्रहरीले जनताकै लागि हातमा कुनै पनि भाईरसकाे संक्रमण वाट जाेखाउन चाेकचाेकमा सावुन पानीले हात धुने बृहत् अभियान सञ्चालनले स्थानिय नागरिक देखि बाटाेमा हिड्ने यात्रीहरूले समेत खुशी भएकाे प्रतिक्रिया दिए ।

आईतबारदेखि उक्त स्थानमा साबुनपानी राखिएको र त्यसलाई सबै नागरिकले प्रयोग गर्न सकिने डीआईजी पोखरेलले बताए।
प्रहरीले यसैगरी अन्य स्थानमापनि यस्ता कार्यक्रम संचालन गर्ने तयारी भइरहेको छ भने प्रहरीकै नजिक रहेका हरेक युनिटहरूमा अाईसाेलेसन वाड समेत निर्माणका लागि स्थान खाेजी गर्न निर्देशन समेत दिई सकेका छन् ।