बीरगञ्जका एक जनामा कोरोना भाइरसको संक्रमण भेटियो,महानगर आकस्मिक बैठक

काठमाडौं । वीरगञ्जका एक जना व्यापारीमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर भएका एक जनामा कोरोनाको संक्रणम पुष्टि भएको हो ।

केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रोघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो । त्यहाँ जाँच गर्दा कोरोना संक्रमणको पुष्टि भएको हो ।

ती व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै परिवार र ती व्यक्तिको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्नेबारे वीरगञ्ज महानगर आकस्मिक बैठक बोलाएको जनाइएको  छ ।

६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।  साभार राताेपाटी डट कम