• ट्रेण्डिङ :

राजधानी बाहिरीनेकाे लाईन छ कंलकी -नागढुङ्गा

राजधानी बाहिरीनेकाे लाईन छ कंलकी -नागढुङ्गा

cnewsnepal

आइतबार, चैत्र ९ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


९ चैत काठमाडौं ।राजधानीवाट बाहिरीने यात्रुहरूकाे संख्या बढेर गएकाे छ ।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले भोलिदेखि लामो दूरीका बस सेवा बन्द गर्ने निर्णय गरे संगै यात्रुहरू बाहिरीनेकाे चापमा बढेर गएकाे हाे ।

साे निर्णय संगै अाज लाखाैले राजधानी छाेडर गाउँ लागेका छन् ।

घर जानेकाे भिड बढे संगै कंलकी,नागढुङ्गा निकै व्यस्त र जाम वढेकाे कंलकी ट्राफिक प्रमुख पुरूषाेतम कार्कीले बताए ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार अपरान्ह ७ बजेसम्म उपत्यकाबाट आइतबार ३३ हजार ८ सय ६२ सवारी साधनमा दुई लाख २२ हजार ४ सय ७ व्यक्ति बाहिरिएका छन भने १३ हजार ७ सय ७४ सवारी साधनमा ३६ हजार ३सय ४२ जना राजधानी भित्रीएका छन् ।बेलुका सम्म यो संख्या बढ्नेछ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार