• ट्रेण्डिङ :

बलम्वुकी ७६ वर्षिय देवमाया महर्जनले गरिन महान कार्य

बलम्वुकी ७६ वर्षिय देवमाया महर्जनले गरिन महान कार्य

cnewsnepal

शनिबार, बैशाख २० २०७७
पढ्न लाग्ने समय: < २ मिनेट


१९ बैशाख काठमाडौं । देब दर्शन मिडिया ग्रुप र चन्द्रागिरि चेम्बरले सञ्चालन गरेकाे चुलाे बाल्ने अभियानलाई चन्द्रागिरि निवासी ७६ वर्षिय देवमाया महर्जनले खाद्य सामाग्री हस्तान्तरण गरेकी छन् ।

चन्द्रागिरि १२ बलम्वु निवासी ७६ वर्षिय महर्जनले आफ्ना श्रीमान हरिबहादुर महर्जनको १३ औं पुण्य तिथिकाे अवसरमा देब दर्शन मिडिया ग्रुप र चन्द्रागिरि चेम्बरले सञ्चालन गरेकाे चुलाे बाल्ने अभियानलाई २५ घर परिवारलाई पुग्ने खाद्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।

श्रीमान हरिबहादुर महर्जनकाे ८४ बर्षकाे उमेरमा स्वर्गाराेहन भए पश्चात् १३ औं दिनकाे पुण्य तिथिमा अहिलेकाे विषम परिस्थितिमा अति विपन्न ८४ घर परिवारलाई पुग्ने गरि खाद्य सामाग्री प्रदान गरिएकाे मृतकका आफन्त राजा नकर्मीले बताए ।


नकर्मीका अनुसार आफ्नाे तर्फबाट, १० केजीको चामल,१ केजी मुसुराेकाे दाल,नुन १ केजी,तेल १ लिटर,२ केजी चिउरा सावुन २ वटा मसेउरा २०० ग्राम,चाउचाउ पाँच पाकेट लगायत सामाग्री ८४ परिवारलाई प्रदान गरिएको जसमध्ये बाट देब दर्शन मिडिया ग्रुप र चन्द्रागिरि चेम्बरकाे राहत बितरण अभियानलाई साथ र सहयाेग साेरूप २५ परिवारलाई पुग्ने खाद्य सामाग्री हस्तान्तरण गरिएकाे बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार