१२ जेठ काठमाडौं । देब दर्शन मिडिया ग्रुप र चन्द्रागिरि चेम्बरले सञ्चालन गरेकाे चुलाे बाल्ने अभियानलाई चन्द्रागिरि १ निवासी नारायण हरि खत्री केसी र जयराम गिरीकाे परिवारले आर्थिक सहयाेग रकम हस्तान्तरण गरेकाे छ ।
अमेरिकामा बस्दै आएका प्रेम हरि खत्री कसीले दाइ नारायण हरी र जयराम गिरीकाे परिवार मार्फत काेराेना भाईरसले आक्रान्त र खाद्यान्न अभाव झेल्न नपराेस भने हेतुले देवदर्शन मिडिया ग्रुपलाई रकम हस्तान्तरण गरेका हुन् ।
हाल अमेरिका बस्ने भाई प्रेमहरि खत्री र आफ्नो तर्फबाट दाजु नारायण हरि खत्री बाट दुवै संस्थालाई नगद रू १०,५००।-(दश हजार पाँच सय) २१ हजार हस्तान्तरण गरिएकाे सहयाेगी खत्रीले सिन्युज नेपाललाई बताए ।

चन्द्रागिरि नपा वडा नं १ को कार्यालय दहचोकको समन्वय र दहचोक यूवा समुहको आयोजनामा वडा भित्र बसोबास गर्ने दैनिक ज्याला मजदुरी गरि खाने बिपन्न परिवारलाई ०७७ बैशाख २२ गते देखि खाना खुवाउने कार्य गरेकाे थियाे भने,देव दर्शन मिडिया ग्रुप प्रा.लिले दैनिक ज्याला मजदुरी गरि खाने बिपन्न परिवारलाई चुलाे बाल्ने अभियान सञ्चालन गर्दै आईरहेकाे छ ।
चन्द्रागिरि १ दहचाेक निवासी सहयाेगी नारायण हरि खत्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत दैनिकी ज्यालादारी अतिबिपन्न,असाहाय जसकाे परिवारमा चुलाे बल्न ग्राहाे हुन्छ त्यस्तो परिवार समेक्ष पुर्याउने हेतुले देवदर्शन मिडिया ग्रुपलाई आवश्यक सानाे रकम हस्तान्तरण गरिएकाे बताए ।
हाल मलेसियामा रहेका दहचाेक १ निवासी जयराम गिरीले सिन्युजलाई सम्पर्क गरि हाम्रो कार्यकाे उच्च मुल्यांकन गरि केही सहयाेग प्रदान गर्ने ईच्छा रहेकाे बताउदै नगद २० हजार दिने घाेषणा गरेका थिए ।

साे लगत्तै समाजसेवी जयराम गिरीले उनकाे परिवार मार्फत नगद २० हजार टेलिफोन सम्पर्क गरि प्रदान गराएका थिए ।

सहयाेगी मनहरू प्रति देव दर्शन मिडिया ग्रुप हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।