• ट्रेण्डिङ :

लकडाउन को मोडालिटी परिवर्तन बारे मन्त्रीपरिषदमा छ्लफल, निर्णय भने भएन

लकडाउन को मोडालिटी परिवर्तन बारे मन्त्रीपरिषदमा छ्लफल, निर्णय भने भएन

cnewsnepal

बिहिबार, जेष्ठ २२ २०७७
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं ।मन्त्रिपरिषद् बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएको छ ।

निर्णय भने अर्को बैठकबाट हुने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ को फैलँदो संक्रमणदर कम गर्दै अर्थतन्त्रलाई चलायमान गर्ने गरी लकडाउनको मोडालिटी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले अहिलेको महामारीको संकट व्यवस्थापन हुने गरी मात्र लकडाउनको मोडालिटी तय गर्नुपर्ने भन्दै त्यसका लागि थप गृहकार्य गर्न कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई निर्देशन दिएको एक मन्त्रीले बताए ।

‘अहिले कसरी हुन्छ कोभिड– १९ महामारी संकट व्यवस्थापनलाई केन्द्रबिन्दुमा राखौँ, बढिरहेको संक्रमणदरलाई कसरी कम गर्न सकिन्छ ?, अर्थतन्त्रलाई कसरी चलायमान गर्न सकिन्छ, त्यस हिसाबले मात्र लकडाउनको मोडालिटी बनाउनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘त्यसका लागि सबैसँग अझै परामर्श गरौँ र त्यस आधारमा उच्चस्तरीय समितिले बनाएको कार्ययोजनामा छलफल गरेर पास गरौँला ।’

बैठकमा लकडाउनबारे विस्तृत छलफल नभए पनि उच्चस्तरीय समितिले प्रारम्भिक रूपमा मस्यौदा गर्दै गरेको मोडालिटीलाई एक–दुई दिनभित्रै ठोस रूप दिएर मन्त्रिपरिषदमा पेस गरेपछि मात्र निर्णय गर्ने सहमति भएको छ ।

क्राइसिस म्यानेजमेन्ट सेन्टर सीएमसीले १ असारदेखि लकडाउन खुकुलो बनाउँदै जाने गरी अगाडि बढ्ने विस्तृत स्वरुपको मस्यौदा तयार पारेको छ । रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सीएमसीले तयार पारेको मस्यौदामा ७० दिनपछि सम्पूर्णरुपमा लडडाउन खोल्न सक्ने गरी अगाडि बढ्ने योजना छ ।

पाँच चरणमा विभिन्न क्षेत्र खोल्दै जनजीवन सहज बनाउन सकिने सीएमसी प्रक्षेपण छ । यता लकडाउन ले जनजीवन कष्टकर बनेको भन्दै ब्यबसाय सन्चालन गर्ने व्यावसायि का छाता सङगठहरुले निर्णय गरेका छन् आज त्यसैका आधारमा छिट्फुट पसलहरु समेत खुलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार