राेसन दानी काठमाडौं । विश्व बाताबरण दिबसको उपलक्ष्यमा नेपाल जेसिजमातहतका देशै भरिका शाखामार्फत सबै जेसिजका सदस्य हरुले बृक्षारोपण गरेका छन् । बिश्व बाताबरण दिबसको नारा “celebrating biodiversity” र त्यसैमा साथ दिदै नेपाल जेसिज SDG committe को नारा ” one plant my 

responsibility” भन्ने नारालाई सार्थक पार्न प्रत्येक जेसिज सदस्य ले एक एक वटा बिरुवा रोपेका हुन् ।
दिगोलक्ष्य बिकास का माध्यमबाट समाज मा रहेका युवाहरूलाई अबसर प्रदान गरि दिगो बिकास अन्तर्गत का कार्यहरु अगाडी बढाउन र सयुक्तरास्ट्रसंघ ले अगाडी सारेको लक्ष्यलाई सघाउने एउटा सुचाङ्क बृक्षारोपण रहेको नेपाल जेसिज का SDG राष्ट्रिय संयोजक आशिष शर्माले बताए ।

आज बिश्ववातावरण दिबसका दिन नेपाल् जेसिज मातहत मा रहेका १५६ शाखा का सबै सदस्य हरुले यो अभियान मा जोडिएर देशभर पाँचहजार बिरुवा रोपेर साथ दिएको दिगो लक्ष्य बिकास समिति का संयोजक शर्मा को भनाइ छ ।
दिगो लक्ष्य बिकास अन्तर्गत तेर्हौबुदामा समेटिएको बृक्षारोपण पर्दछ र दिगो बिकास ग्लोबल पाट्नर को रूपमा जेसिज रहेको ले यो कार्यमा जेसिज ले अग्रसरता लिएको हो नेपाल मा जेसिज को सदस्य रहेका करिब पन्ध्रहजार युवा विभिन्न पेशा ब्यबसाय मा आबद्ध रहदै जेसिज अभियान मा आवद्ध छन् ।

यी युवालाई सक्षम र सबल बनाउन जेसिज ले नेतृत्व,ब्याक्तीतब बिकास का माध्यमबाट ब्याक्ती मा रहेकोे अन्तर्निहित क्षमता लाई प्रस्फुटित गर्दै समाज को समृद्धि खोज्ने कार्य का अलावा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।