बाँडेगाउँमा खुँडा प्रहार गरि ‘हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला

२८ जेठ ललितपुर । ललितपुरको बाँडेगाउँमा खुँडा प्रहार गरि ‘हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा प्रहरी शव फेला पारेका छ ।

ललितपुरको बाँडेगाउँमा भाडामा बस्दै आएका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर हत्या गरिएको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको छ,’ ‘हत्या कसले किन गर्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’

यसअघि मंगलबार रुपन्देहीको तिलोतमा नगरपालिकामा ५ जनाको सामूहिक हत्या भएको थियो । हत्यामा संलग्न सुर्खेतका झपेन्द्र सिंजालीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।