को को भए नेपाल कम्युनिस्ट पार्टीकाे जिल्ला अध्यक्ष र सचिव ? (सूचीसहित)

९ वैशाख, काठमाडौं । सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

अाईतवार वसेकाे नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाए संग अाज ७० औं पार्टी स्थापना दिवसको अवसरमा आज प्रज्ञा भवनमा एक कार्यक्रममा जिल्लाको नेतृत्व घोषणा गरिएको हाे ।

आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका थिए । तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ ।

विशेषगरी पूर्व एमालेभित्र अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीच सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिएको थियो।

तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी प्रस्ताव राखेपछि सांगठनिक एकताअन्तर्गत नेकपाले जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको थियाे ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा टुंगो लगाएको नाममा सचिवालयका सदस्यहरुले सहमति जनाएका थिए।

टुंगिएको भागवण्डाअनुसार ४२ जिल्लामा पूर्वएमाले र ३५ मा पूर्वमाओवादी केन्द्रले नेतृत्व लिने विषयमा यसअघि नै सहमति भइसकेको थियो।
स्रोतकाअनुसार भागवण्डा गर्दा पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन एमालेको अध्यक्ष जनप्रतिनिधि भएको भएपनि उनलाई नै एकीकृत पार्टीको जिल्ला अध्यक्ष बनाइनेछ।

स्थायी समिति बैठकबाट गठित सचिवालय सदस्य रामबहादुर थापा नेतृत्वको कार्यदलले काम गर्न नसकेपछि भंग गरेर एकताको टुंगो सचिवालयले नै लगाउने निर्णय भएको थियो ।

सोही अनुरुप एक साताअघि चन्द्रागिरिमा अध्यक्षद्वय ओली र प्रचण्ड, महासचिव विष्णु पौडेलसहित बसेको आवासीय बैठकले जिल्ला कमिटीको नेतृत्वको खाका तयार गरेको थियो । अन्ततः नेपाल कम्युनिस्ट पार्टीले जिल्ला अध्यक्ष र सचिवकाे जिम्मेवारी सहित नाम शार्वजनिक गरेकाे हाे ।
नेपाल कम्युनिस्ट पार्टीकाे जिल्ला अध्यक्ष र सचिव (नामावली )