काठमाडौं । जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई सांसद पदबाट निलम्बन हुने गरि हटाउँदैछ । पार्टीको निर्देशन विपरित काम कार्बाही गरेको भन्दै समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पदबाट हटाउने गरि कार्बाही गर्न लागेको हो ।
पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुबै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाइने र सांसद पद स्वतः निलम्वनको जानकारी संसदलाई गराइने समाजवादी पार्टीले जनाएको छ ।
गिरिले पार्टीकाे निर्देशन विपरित संघीय संसदमा नेपालको संविधान संशोधन खारेजीको माग गर्दै विधेयक प्रस्ताव गरेकि थिइन । पार्टीले तत्काल विधेयक फिर्ता नलिए कार्बाही गर्ने चेतावनी सहित विज्ञप्ति जारी गरेको थियो ।
तर पार्टीको निर्देशन दिँदा पनि गिरीले अटेरी गरेको भन्दै उनलाई पदमुक्त हुने गरि कार्बाही प्रक्रिया अघि बढाइएको समाजवादी पार्टीले जनाएको छ ।