• ट्रेण्डिङ :

असार मसान्तसम्म सवारी जरिवाना नलिन निर्देशन

असार मसान्तसम्म सवारी जरिवाना नलिन निर्देशन

cnewsnepal

मंगलबार, असार २ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२ असार काठमाडौं । भौतिक पूर्वाधार विकास मन्त्रालय, बाग्मती प्रदेशले चैत ११ देखि असार मसान्तसम्म कुनै पनि प्रकारको सवारी करमा जरिवाना नलिने निर्देशन जारी गरेकाे छ ।

अनुमती पत्रको म्याद नाघेको जरिवाना, सवारी कर, अन्य दस्तुर तथा जरिवाना नलिने निणर्य भएको हाे ।

भौतिक पूर्वाधार विकाश मन्त्रालय, बाग्मती प्रदेशका सचिव तेजराज भट्टले बजेटमा पनि उल्लेख भएको कारण असार मसान्तसम्म कुनैपनि प्रकारको जरिवाना नलिने निणर्य गरेकाे बताए ।

१ गते देखि यातायात कार्यालय खुलेपनि जरिवाना कती असुल गर्ने भन्नेबारे भन्ने अन्यौल भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार