• ट्रेण्डिङ :

मनसुनी बायुको प्रभाव ले देशभर बर्षा ,सतर्कता अपनाउन आग्रह

मनसुनी बायुको प्रभाव ले देशभर बर्षा ,सतर्कता अपनाउन आग्रह

cnewsnepal

सोमबार, असार ८ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं ८ असार । मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू(भागमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि सामान्यदेखि पूर्ण बदलीको अवस्था रही प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि मध्यम स्तरको वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का एकाध ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउँन महाशाखाले अनुरोध गरेको छ ।

आगामी २४ घण्टासम्म देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम तथा केही स्थानहरूमा हुने भारी वर्षाले विभिन्न नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने तथा डुबानको समेत जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार