• ट्रेण्डिङ :

पोखरामा कोरोना संक्रमीत को शब ब्यबस्थापन मा अबरोध,प्रहरीद्वारा हवाई फायर

पोखरामा कोरोना संक्रमीत को शब ब्यबस्थापन मा अबरोध,प्रहरीद्वारा हवाई फायर

cnewsnepal

बिहिबार, असार ११ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौ असार ११,कोरोना भाइरस संक्रमणले स्याङजाका एकजना पुरुषको बुधबार राती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भयो। आँधीखोला गाउँपालिका–१ सिरुवारीका ५५ वर्षिय ती पुरुषको मृत्य भएपछि शव व्यवस्थापनमा भने झन्झट आइपर्योा।

शव व्यवस्थापन गर्न खोज्दा स्थानीयको अवरोधले केही समय लागेको थियो। स्थानीयवासीको अवरोधका बाबजुत पनि पोखरा महानगरपालिका–३२ को मजुवामा सेतीनदी किनारमा शव व्यवस्थापन गरिएको प्रहरीले बताएको छ। शव व्यवस्थापन गर्न जाँदा स्थानीयको अवरोध भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले स्थानीयको अवरोध भएपनि बल प्रयोग गरेर शव व्यवस्थापन गरेको बताए।

उनका अनुसार स्थानीयसँगको झडपमा प्रहरीले ८ राउण्ड हवाईफायर गर्नुपरेको थियो भने २ महिला र ६ जना पुरुष गरि ८ जना पक्राउ परेका छन्। शव व्यवस्थापन गर्दा सशस्त्र र नेपाल प्रहरीले ३५ जनाको दरले ७० जना सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो। अगाडि र पछाडि सुरक्षाकर्मीको स्कर्टिङ गरे शव घाटमा पुर्याइएको थियो। बुधबार राती साढे ११ बजे उनको मृत्यु भएको अस्पतालले बताएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार