• ट्रेण्डिङ :

पूर्वी चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु

पूर्वी चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु

cnewsnepal

मंगलबार, साउन २० २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२० साउन, चितवन । पूर्वी चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–६ स्थित केसी बोरा उद्योगमा काम गर्ने ३५ वर्षका एक पुरुषको गए राती १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

बाराबाट १४ दिन अगाडि चितवन आएका ती पुरुषले साथीहरुलाई एक्कासी छाती दुखेको र त्यसपछि ढल्दा मृत्यु भएको हाे ।

उनीसँगै बाराबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका अन्य ५ जनामा हालसम्म कुनै समस्या देखिएको छैन । उनीहरूकाे जनस्वास्थ्यकाे टाेलीले पिसिअारका लागि स्वाब निकालिएको छ ।

मृतक पुरुषको स्वाब संकलन गरी पीसीआर बिधिबाट कोरोना टेष्टको तयारी गरिएको छ । आवश्यक प्रकृयाका लागि मृतककाे शव भरतपुर अस्पताल लगिएकाे छ ।

मृतक कलैया नगरपालिकाका वडा नम्बर २का स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार