• ट्रेण्डिङ :

भोलिदेखि काठमाडौं उपत्यकामा जोर/विजोर लागू,बेलुका हिडडुलमा निषेध

भोलिदेखि काठमाडौं उपत्यकामा जोर/विजोर लागू,बेलुका हिडडुलमा निषेध

cnewsnepal

बुधबार, साउन २१ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२१ साउन काठमाडौं । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै भोलिदेखि निजी र सार्वजनिक सवारी साधनमा जोर/विजोर लागू हुने भएको छ ।

बुधबार साँझ गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कोरोना जोखिम नियन्त्रणका लागि अन्य सबै सुरक्षा मापदण्ड लागू गर्ने पनि जनाएको छ ।

जोर/विजोर प्रणालीको यस नियम काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर दुई सय जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लामा लागू हुने गृहले जनाएको छ ।

जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान चलाउनुपर्ने

यसअघि सरकारले असार २६ गतेदेखि निजी सवारी साधनको जोर/विजोर हटाएको थियो । त्यस्तै, उपत्यकाका ३ जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति प्रदान गरेको थियो ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए

सरकारले भोलिदेखि राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार