टानका अध्यक्ष अध्यक्ष खुमबहादुर सुवेदीले जारी गरेको विज्ञप्तीमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीको अभिव्यत्ति प्रति टानले ग्रभिर ध्यानाकर्षण जनाएको हुन् ।
पदयात्रा व्यवसायीहरुको छाता संगठन टानले विरोध जनाउदै सार्वजनिक रुपमा माफी मागी गल्ती सच्याउन आग्रह गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बोर्डका सिईओ रेग्मीले केही दिन अघि एक संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा पदयात्रा तथा हिमाल आरोहणसम्बन्धी व्यवसायी एवम् मजदुरप्रति लक्षित गर्दै अपशब्द प्रयोग गरेको, तल्लो स्तरको भाषा प्रयोग भएको भन्दै टानले विरोध जनाएको टानका अध्यक्ष सुवेदीले उल्लेख गरेका छन् । उनले पर्यटन व्यवसायी माथीकाे गम्भीर र टुटी पुन शब्द नसचाए जस्तो सुकै संङ्घष गर्न पनि तयार रहेकाे बताए ।
कोरोना संक्रमणबाट तहसनहस भएको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर पुनरुत्थानका कार्यक्रमहरु कार्यान्वयनमा ल्याउनु पर्ने जिम्मेवार निकायका पदाधिकारीले दिएको अभिव्यत्ति गैरजिम्मेवार पूर्ण भएको टानको ठहर छ ।
‘पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी र पर्यटन मजदुरलाई अविश्वासनीय तरिकाले हेर्ने, एकदमै तल्लो स्तरको भाषा प्रयोग गर्ने, हेप्ने तथा होच्याउने जस्ता भाषा, प्रस्तुति र शैलीसहित शब्द र भनाइहरु नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवार पदमा रहनुभएका पदाधिकारीबाट व्यक्त भएकोमा टानको गम्भीर ध्यानाकर्षण भएको अवगत गराउँछौं’– विज्ञप्तिमा भनिएको छ, ।
अध्यक्ष खुमबहादुर सुवेदीले जारी गरेको विज्ञप्तीमा यल्लेख छ । ‘प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीद्वारा व्यक्त भनाई तथा विचारहरुलाई यस संस्था पूर्ण रुपमा घोर भत्र्सना गर्दै खारेज गर्दछ ।’ विज्ञप्ति सहित 
प्रतिक्रिया
सम्बन्धित समाचार