• ट्रेण्डिङ :

चन्द्रागिरि नयाँ नैकापमा हाईटेन्सन लाइनबाट करेन्ट लागेर एक युवाको मृत्यु

चन्द्रागिरि नयाँ नैकापमा हाईटेन्सन लाइनबाट करेन्ट लागेर एक युवाको मृत्यु

cnewsnepal

शुक्रबार, भाद्र १९ २०७७
पढ्न लाग्ने समय: < ३ मिनेट


१९भदौ,काठमाडौं । चन्द्रागिरि नगरपालिका-१४, नयाँ नैकापमा हाईटेन्सन लाइनबाट करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।                                       
मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ का स्थानीय २९ वर्षीय सुरेन्द्र महर्जन हुन् ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले चन्द्रगिरि स्पार्टस क्लवकाे निर्माणाधीन भवनमा करेन्ट लागेर महर्जनको शुक्रबार उपचारका क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको बताए ।                                           
प्रहरीका अनुसार हाईटेसन्सन लाइनको मुनि क्लबको भवन ढलान गर्न नहुने भन्दै बिहान महर्जन उक्त भवनमा जादा तारले छुदा करेन्टले समातेकाे थियो । नगरपालिकाको असहमतिका बाबजुद स्थानीय युवाले घर निर्माण गरेका थिए ।                               
यसमा वडाध्यक्ष रामहरि बस्नेतको पनि अहमति भए पनि उनले रोक्न पहल नगरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।                                         
आक्रोशित स्थानीयले वडाध्यक्ष बस्नेतको घरका सिसा फुटाइदिएका छन् ।

स्थानीय युवा नेशन महर्जन, आफन्तले बताएकाे जस्ताकाे त्यस्तै ।

चन्द्रागिरि युथ क्लबले विना जानकारी सार्वजनिक जग्गामा भवन बनाउँदै थियो । मृतक महर्जन सामाजिक अभियन्ताका साथै सार्वजनिक जग्गा संरक्षणमा लाग्दै आएका व्यक्ति थिए । म स्वयं आफै सार्वजनिक जग्गा संरक्षणकाे सदस्य छु ।
पटक पटक त्यसविरुद्ध स्थानीयवासीले १४ साउनमा वडा कार्यालयमा निर्माण रोक्न भन्दै उजुरी दिएका थियौं । तर, वडाध्यक्षज्यूले चासो दिनु भएन । त्यसपछि के गर्ने भनेर सार्वजनिक जग्गा संरक्षण अभियान्ताबीच छलफल भइरहेको थियो ।
त्यसक्रममा भवन कसरी बनिँदै रहेछ भनेर हेर्न जाने क्रममा घटना भएको हो । महर्जन त्यहाँ राखिएको भर्‍याङबाट माथि जाँदै हुनुहुन्थ्यो । छतमा हाइ इन्टेन्सन लाइनका कारण मृत्यु भएको हो । उहाँलाई उचित क्षतिपूर्ति दिईनु पर्छ । बिहान ७:३० बजे अपत्यारिलो घटना हुन गयाे र केही आक्राेसित समुहले वडा अध्यक्ष ज्युकाे घरमा ढुङ्गा मुडा गरेका हुन् । वडा अध्यक्ष ज्यु छलफलका लागि तयार हुनु हुन प्रहरीले छलफल गराउछ भनेकाे सुनेकाे छु । न्यायका लागि हामी स्थानीय एक जुट भएर लड्न तयार छाै । घटना भए पछि महानगरीय प्रहरी बृत्त थानकोट,कीर्तिपुर ,कालिमाटी बलम्वु प्रभाग बाट समेट ट्रकका ट्रक गाडी अाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार