दहचाेक झ्याङ्गाझिटिमा छोराले गरे बाबुआमामाथि खुकुरी प्रहार, छोरा पक्राउ

चन्द्रागिरी नगरपालिका-१ झ्याङ्गाझिटीमा छोराले आफ्नै बाबुआमामाथि खुकुरी प्रहार गरेका छन्।
शनिबार राति घरायसी विवाद हुदाँ छोरा ३२ वर्षको श्री तामाङले आफ्नै ४८ वर्षीया विष्णु तामाङ आमा र ५३ वर्षीय बुबाको श्याम कुमार तामाङमाथि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक खेम राज रावतले बताए ।
प्रहरीले घाइते भएका आमा र बुबा दुबै जनालाई उपचारको लागि प्रहरीले    अस्पताल लगेकाे थियाे ।
घटना स्थलमा महानगरी प्रहरी बृत्त स्वयम्भू अन्तर्गत प्रहरी चाेकी बिन्दावासिनी महानगरी प्रहरी प्रभाग बलम्वुले खकुरी प्रहार गर्ने छोरालाई पनि नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक रावतकाे भनाइ छ ।
घाइते दम्पत्तिलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ ।
दम्पत्तिको गर्दनदेखि कानसम्म चोट लागेको छ ।