• ट्रेण्डिङ :

रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई सैनिकको ज्यान गयाे

रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई सैनिकको ज्यान गयाे

cnewsnepal

शनिबार, भाद्र २७ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२७ भदौं   चितवन । रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई जना सैनिकको ज्यान गएको छ ।
कालिका नगरपालिका वडा नम्बर ८ शक्तिखोर स्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको शनिबार आज बिहान मृत्यु भएको हो ।
सैनिक कम्पाउण्ड भित्र रहेका रुखको हाँगा काट्दा उनिहरूलाइ करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
करेन्ट लागेर सुवेदार र एकजना जवानको मृत्यु भएको बताएको छ ।
सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल लैजााने क्रममा र सिपाही साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार