काठमाडौं । नजिकिदै गरेको महान चाड बिजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् ।यस्तैमा लोकप्रिय गायक÷गायिका खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा पनि दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ ।
शिवदर्शन फिल्मस्ले गीत आकर्षक भिडियो सहित सार्वजनिक गरेको छ।भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाई, बिष्णु वस्ती, अर्चना भुषाललगायतको अभिनय रहेको छ । 
बिदेशमा रहेका युवा दशैमा घर आउन नपाउदा उसले र उसको परिवारले महशुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ ।
गायिका तथा कलाकार गायत्री थापाको निर्देशन रहेको भिडियोमा करण चौसिरको छायाँकन तथा मनोज कार्कीको सम्पादन रहेको छ । 
बिष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत रहेको गीतको म्युजिक एरेन्जर हेमन्त शिशिर हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार