कर नतिरुन्जेल एनसेल सिमलाई बाईबाई गरौं ! भिडियो सहित

काठमाडौं, वैशाख १२

राजस्व बुझाउन छलकपट गर्न थालेपछि सरोकार वालाहरुले एनसेलको सिम बहिस्कार गर्ने अभियान थालेका छन् ।

कर नतिरुन्जेल एनसेल सिमलाई बाईबाई गरौं भन्ने अभियानमा मात्र चलेको छैन् कतिपय स्थानमा एनसेल सिम जलाउने क्रम सम्पन्न भइरहेकाछन् ।

पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीले अभियानको नेतृत्वनै गरेकाछन् । ‘एनसेलले कर तिर्नुपर्छ भनेर निर्णय गर्यो । निर्णय पश्चात नेपाल सरकारलाई एनसेलबाट कर अशुल गर्न जानकारी दिइयो ।  

भण्डारीले यति ठूलो रकम कुलुकको ढुकुटुीमा नआउँदा राष्ट्रको अहित हुने बताए ।मुलुकलाई मायाँ गर्ने प्रत्येक नेपालीले एनसेलले कर तिर्न आनाकाकानी गरेसम्म एनसेलको सिम बहिस्कार गर्न उनले सार्वजनिक आह्वान गरेका छन् ।

यसो गर्यो भने मात्रै एनसेलले कर तिर्नसक्छ । अन्यथा एनसेलले मुद्दा गर्ने बहानामा विभिन्न छलकपटका नाममा कर नतिर्ने र लम्ब्याउने काम गर्छ,’ उनले भने,‘जसले मुलकलाई ठूलो घाटा हुन्छ ।

कर नतिर्ने छलकपट र परिपञ्च
नेपाल सरकार ठूला करदाता कार्यालयले ७ दिन भित्र झन्डै ४० अर्ब कर रकम चुक्ता गर्न एनसेललाई पत्र लेख्यो,’ भण्डारीले आफ्नो फेसबुकमा भिडियो सन्देशमा भनेका छन्,‘७ दिन पुग्ने दिन एनसेलले सर्वोच्च अदालतमा अर्को मुद्दा दायर गरेर कर नतिर्ने र यो मुद्दाको निर्णय हुन समय लागुन्जेलसम्म अर्थात १/२ वर्षसम्म लम्ब्याउने कर नतिर्ने छलकपट र परिपञ्च गरेको छ ।’

न्युज अभियान