• ट्रेण्डिङ :

सहकारीको साधारणसभा बिधुतिय माध्यम बाट गर्न सुझाव

सहकारीको साधारणसभा बिधुतिय माध्यम बाट गर्न सुझाव

cnewsnepal

बिहिबार, असोज १ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


१ असोज, काठमाडौं । अब सहकारी संस्थाहरूको साधारण सभा विद्युतीय माध्यमबाट गर्न सकिने भएको छ । सहकारी विभागले बिहीबार साधारण सभासम्बन्धी नयाँ सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सहकारीहरूले साधारण सभा गर्नसक्ने जानकारी दिएको हो ।

यसरी गरिएको साधारण सभामा कम्तीमा ५१ प्रतिशत सेयर सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ भने साधारणसभा पनि तोकिएकै समयमा गर्नुपर्ने उल्लेख गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) कारण यतिबेला भौतिक उपस्थितिमा साधारण सभा सम्पन्न गर्न गाह्रो पर्ने भएकाले पनि यस्तो व्यवस्था गरिएको हो ।

विद्युतीय माध्यमबाट गरिएको साधारण सभाको प्रत्यक्ष प्रसारण सामाजिक सञ्जाल तथा स्थानीय सञ्चारमाध्यमबाट समेत गर्न सकिने सूचनामा उल्लेख छ । विभागले समयमै साधारण सभा सम्पन्न गर्नका लागि तयारी गर्न समेत सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।

तर यो व्यवस्था नेपाल सरकारले भेला जमघटमा निषेधाज्ञा तोकेको अवस्था र स्थानले सदस्यहरू भेला हुन बन्चित भएको समयको लागि मात्र हुने र नेपाल सरकारले निषेधाज्ञा हटाएमा भने प्रचलित कानुनी प्रावधान अनुरूप नै साधारणसभा गर्नुपर्ने विभागकाे भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार