काठमाडौं १५ बैशाख बालुवाटारको सरकारी जग्गा आफ्नो नाममा पारेपछि पूर्वजनमुक्ति सेनाले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको राजिनामा मागेको छ ।
बहिर्गमित जनमुक्ति सेनाले राष्ट्रिय सम्पतीमा गिद्दे नजर लगाएर बालुवाटारको सरकारी जमिन आफ्नो नाममा गर्नुको ठूलो अपराध भएको बताउँदै पौडेलले नैतिक हिसाबले राजिनामा दिनुपर्ने बताएको छ । पौडेललाई कारवाही गर्नुको साटो सरकारले बचाउन खोजेको भन्दै बहिर्गमित जनमुक्ति सेनाले आपत्ति समेत जनाएको छ ।
संगठनका महासचिव राजन थापा ‘सुवास’ ले विज्ञप्ति जारी गरेर बालुवाटारको सरकारी जमिन पौडेलले छोरा नविनको नाममा नामसारी गरेको प्रमाणित भइसकेको भन्दै कारवाहीको माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली हाकाहाकी सरकारी सम्पति व्यक्तिको नाममा जाँदा पनि कानमा तेल हालेर सुतेको आरोप सुवासले लगाए । भ्रष्टाचारविरुद्ध अभियान चलाएको बताउँने प्रधानमन्त्रीले सरकारी जमिन नै व्यक्तिको नाममा गर्दा किन कारवाही नगरेको ? भन्दै सुवासले प्रश्न गरेका छन् ।
सुवासले बालुवाटारलगायत देशभरको सरकारी जमिन व्यक्तिको नाममा गर्ने भूमाफियालाई कारवाही नगरिए बहिर्गमित जनमुक्ति सेना चुप लागेर नबस्ने भन्दै पौडेललगायत सबै भूमाफियालाई कारवाही गर्ने चेतावनी दिए । त्यस्तै उनले नागरकि विधेयक फिर्ता नभए हातमा दही जमाएर नबस्ने चेतावनी समेत दिए ।
बहिर्गमित जनमुक्ति सेनाले प्रधानमन्त्री ओलीलाई ६ सुझाव
१. हवाइडबडी काण्डको भ्रष्टाचारीहरुलाई तत्काल कार्बाही गर्नुहोस् ।
२. निर्मला हत्याकाण्डका अपराधिलाई कार्बाही गरी निर्मलालाई न्याय दिनुहोस् ।
३. सुन काण्डको गृह कहाँ छन् उनीहरुलाइ पनि कडा भन्दा कडा कार्बाही गर्नुहोस् ।
४. राष्ट्रघाती नगरिकता बिधेयक खारेज गर्नुहोस् ।
५. हाम्रो देशको राष्ट्रिय स्वधिन्ताको रक्षाको लागि हाम्रो नेपाली सीमा समस्यालाई समाधान गर्न नेपाल र भारतको सिमानामा २० फुटे मजबुद काँडेतार को बार लगाउने हिक्मत गर्नुहोस् ।
६. बालुवाटारको सरकारी जग्गा प्रकरण छानबिन गरि पौडेलसहितका दोषीलाई कार्बाही गर्नुहोस् ।