राेसन दानी २४ कात्तिक काठमाडौं । नेपाल जेसिजले दिगो बिकाश लक्ष्य (एस.डि.जि ) राष्ट्रव्यापी कार्यक्रम आयाेजना गर्ने भएकाे छ ।
जेसिजहरुलाई दिघो परियोजनाको लागी कसरी काम गर्ने, कुनै पनि कार्यलाई कसरी दिगो बिकाश लक्ष्य मा जाेडन कसरी सकिन्छ भन्ने मुख्य उदेश्यका साथ कार्यक्रम आयाेजना गरिन लागिएको हाे ।
मंसिर २ ,३, ४ गते हुने कार्यक्रमलाई जे.सि.आइ पाटन लेडिकाे आतिथ्यता हुन गईरहेकाे जे सि आइ पाटन लेडीकि अध्यक्ष सुष्मा श्रेष्ठले जानकारी दिईन । 
यही मंसिर २ गतेवाट ३ दिन सम्म हुने उक्त कार्यक्रमले जेसिजहरुलाई दिघो परियोजनाको लागी कसरी काम गर्ने र कुनै पनि कार्यलाई कसरी दिगो बिकाश लक्ष्य संग जाेड्न सकिन्छ भने कुराको सिकाइ रहने दिगो बिकास लक्ष्य कार्यक्रमका संयाेजक सिनेटर आशिष शर्माले बताए ।
उक्त कार्यक्रममा स्रोत ब्यक्तीको रुपमा डा कमला राइ पौडेल गर्ने छिन् । पहिलो दिन पूर्ण रुपम तालिम र छलफल रहनेछ जसले जेसिजहरुको क्षमता अभिबृद्दी हुने जेसि आ ई पाटन लेडिले जनाएको छ ।
यस एकेडेमीले बिभिन्न समुहहरुबाट आएका अहिलेका आवश्यकता र चुनौतीको बिषयमा कार्य गर्ने मार्गनिर्देश दिने आयाेजककाे भनाई छ ।
जेसिजमा एक बर्ष, एक ब्यक्ती र एक पदको प्रावधान रहेको छ । एक बर्ष मात्र कार्यकाल हुने र हरेको बर्ष आउने नयाँ नेतृत्वले हरेक बर्ष नयाँ कार्य नै गर्ने हुनाले दिगो परियोजनाहरुमा त्यती ध्यान नपुगेको देख्नुका साथै भएका परियोजनाहरुको निरन्तरता नरहने भन्दै राष्ट्रिय स्तरमै कार्यक्रम बनाईए अगाडि वढ्न लागिएको कार्यक्रम संयाेजक शर्माकाे दावी छ ।
एकेडेमीले अहिलेका आवश्यकता , चुनौती , र समाधान सहितका कार्यपत्र तयार गर्नेछ । साथै सो प्रोजेक्ट प्लानले कुन कार्य कुन समयमा कसरी गर्ने भनेर पनि कार्यपत्र बन्नेछ ।
एकेडेमीबाट बनेको कार्यपत्रलाई आगामी नेतृत्व समक्ष हस्तान्तरण गरी दिगो बिकाश लक्ष्य प्राप्तिको लागी नेपाल जेसिजलाई आगमी दिनम राष्ट्रिय स्तरमा योगदान गर्न सघाउ पुग्ने अपेक्षा गरिएकाे छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार