• ट्रेण्डिङ :

सिराहाको सुखीपुर नगरपालिकामा प्रेसरकुकर बम फेला

सिराहाको सुखीपुर नगरपालिकामा प्रेसरकुकर बम फेला

cnewsnepal

मंगलबार, पौस ७ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, ७ पुस । सिराहा जिल्लाको सुखीपुर नगरपालिकाको कार्यालयमा कुकर बम फेला परेको छ । उक्त बम मंगलबार बिहान फेला परेको हो ।

नगरपालिकाका कर्मचारिहरुले संकास्पद वस्तु झोला भित्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीको टोली सो स्थानमा पुगेर हेर्दा कुकर बम भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उक्त बमलाई नेपाली सेनाको टोलीले निस्क्रीय गर्ने तयारी गरिरहेको प्रहरीको भनाइ छ । उता बम राखेको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ ।

जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा एक बिज्ञप्ति जारी गर्दै बमको जिम्मा लिएको हो ।बिज्ञप्तिमा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई चरम दुख दिएकाले चेतावनी स्वरुप बम राखेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार