• ट्रेण्डिङ :

डिपार्टमेन्टमा भीषण आगलागी, पाँच करोड बराबरको क्षती

डिपार्टमेन्टमा भीषण आगलागी, पाँच करोड बराबरको क्षती

cnewsnepal

बिहिबार, पौस ९ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा बिहान भीषण आगलागी भएको छ । करीब १०ः३० बजे लागेको आगोले करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ ।

नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र क्षिरेश्वरनाथ नगरपालिकाको वारूण यन्त्रको मद्दतले अढाइ घण्टापछि आगो नियन्त्रण आएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा आए पनि आगलागीका कारण खुल्न नसकेको धनुषा जिल्ला प्रहरी प्रमुख रमेश बस्नेतले जानकारी दिए । डिपार्टमेन्टका प्रबन्ध निर्देशक हरिकान्त मिश्रले आगलागीले रू पाँच करोड बराबरको सामान जलेर नष्ट भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार