वीरगंज महानगरपालिका श्रीपुरस्थित एक केमिकल गोदाममा भीषण आगलागी नियन्त्रणको प्रयास जारी

वीरगंज बैशाख १७,   – वीरगंज महानगरपालिका श्रीपुरस्थित एक केमिकल गोदाममा भीषण आगलागी भईरहेको छ । वीरगंजका व्यवसायी अजय साह तेलीको पेन्टसको केमिकल भण्डारण गर्ने गोदाममाअपरान्ह ६ बजेदेखी शुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ प्रहरीले जनाएको छ ।नियन्त्रणका लागि नेपाली सेना र नेपाल प्रहरी वारुण यन्त्रसहित आगो निभाउने काम भईरहेको स्थानिय स्याम गौरोले वताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी मानबहादुर राईका अनुसार २ सय जना सुरक्षाकर्मीहरु आगलागि नियन्त्रणको प्रयासमा जुटेका वताए । गोदामका समाग्री जलेल नष्ट भईसकेका छन । घटनाको वास्तविक विवरण भने आउन बाँकी छ ।