• ट्रेण्डिङ :

पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना संक्रमित थपिए

cnewsnepal

शनिबार, पौस ११ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो संगै कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ। ५ हजार ४३४ जनाको पीसीआर परीक्षण गराउँदा ५०० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै काठमाडौं उपत्यकामा २६७ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै शनिबार ८४० जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४९ हजार १३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ७४९ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको मन्त्रालयले जनाएको छ।शनिबार मात्र कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार