८ हजार १७३ जना नयाँ कोरोना संक्रमित,निकाे हुनेकाे संख्या पनि उतिकै

काठमाडौं ।  मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार १७३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २१ हजार ८४७ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२१ हजार १३९ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार ६४ र ७ सय ८ जनाको एन्टिजेन परीक्षण गर्दा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार १७३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ८० हजार ४१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ९८९ संक्रमित निको भए, २ सय ४६ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९८९ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ हजार ९८९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ६० हजार ४०३ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८ सय ५४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २१ हजार ८४७ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २८ लाख ३४ हजार ९८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप २ सय ४६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ ।