बालाजुमा रहेकाे नक्कली स्यानेटाईजर उद्योगमा काठमाडौं प्रहरीकाे छापा स्वयम्भू गाेदाम पनि प्रहरी नियन्त्रणमा

 काठमाडौं , ९ जेठ – काठमाडौं प्रहरी परिसर काठमाडौंले अ गुणस्तरीय स्यानेटाईजर उद्योगमा छापा हानेकाे छ ।

महानगरीय प्रहरी परिसर टेकुकाे एसपी रमेश बस्नेतकाे नेतृत्वमा गएकाे टाेलीले बिशेष सुचनाकाे अाधारमा उक्त उद्योगमा छापा हानेकाे हाे ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी अशाेक सिंहका अनुसार बालाजु अाैधाेगीक क्षेत्र भित्र सञ्चालित उत्सव डेट्रेरेजेन्ट एण्ड कस्मेटिकबाट अगुणस्तरीय स्यानेटाईजर करिव सयाै काटुन भन्दा बढि बरामद गरिसकिएकाे र स्वयम्भूमा रहेकाे गाेदाममा पनि प्रहरीले नियन्त्रणमा लिईसकेकाे बताए ।

एसएसपी सिंहका अनुसार थप के कति परिणाममा ती सामाग्री साझ सम्म अाई सक्ने उनकाे भनाई छ ।

उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली स्यानेटाइजर बिक्री गरेको सूचनाको आधारमा प्रहरीले छापा हानेकाे थियाे ।

टोलीले फर्माको छापामारी खानतलासी गर्दा मिथानेले मात्र हालि बनाउदै नक्कली स्यानेटाइजर बिक्री गरेको पाईएपछि पक्राऊ गरेको प्रहरीकाे भनाई छ ।

कोरोना भाइरसको महामारीले अहिलेको संबेदनशिल अवस्थामा उपभोक्ताहरुको जीवनसंग खेलबाड निर्धारण गरेको मापदण्ड विपरितको नक्कली काराेवारी र उद्योगका सञ्चालक कामनपा १३ बाफल बस्ने राकेश अग्रवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाईने प्रहरीले बताएको छ ।                                      तस्बिरहरू