संसद विघटनविरुद्ध रिट दर्ता गर्न विपक्षी गठबन्धन सर्वोच्च जाँदै

सोमबार सर्वोच्च अदालतमा विपक्षी गठबन्धनका सबै सांसदलाई उपस्थित हुन भनिएको छ । रिट हाल्नका लागि आवश्यक सबै कागजजात र रिटको मस्यौदा आइतबार नै तयार गरिसकिएकाले आज अदालतमा दर्ता गराइने बताइएको छ । आइतबार गठबन्धनका सांसदहरू सिंहदरबारमा भेला भएर नागरिकता, परिचयपत्र र हस्ताक्षर जुटाएका थिए । साेमबार अदालत खुल्नासाथ रिट दर्ता गर्ने तयारी रहेको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरेपछि त्यसविरुद्ध विपक्षी ५ दलहरूकाे गठबन्धन कानुनी लडाइमा उत्रिएकाे हाे । उक्त गठबन्धनका १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गर्ने तयारी छ । ती सांसदहरूकाे समर्थनमा नै शुक्रबार शेरबहादुर देउवालाइ प्रधानमन्त्रीमा प्रस्ताव गर्दै राष्ट्रपति सामु दाबी पेश गरिएकाे थियाे । तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुग्ने भन्दै संसद विघटनकाे घाेषणा गर्नुभएकाे थियाे ।
संसदबाट सरकार बन्ने अवस्था हुँदाहुँदै गरिएकाे प्रतिनिधिसभा विघटन असंवैधानिक रहेकाे भन्दै शुक्रबारकाे राष्ट्रपतिकाे कदम बदर गर्द रिटमार्फत माग गर्न लागिएकाे छ । साथै गठबन्धनका नेता देउवालाई बहुमतको समर्थन भएकोले प्रधानमन्त्रीमा नियुक्ति गर्न राष्ट्रपतिका नाममा परमादेशको माग समेत रिटमार्फत गरिन लागेकाे जनाइएकाे छ ।