• ट्रेण्डिङ :

धुनुषा प्रहरी प्रमुख भन्छन जबरजस्ती करणी गर्नेलाई नियन्त्रणमा लिईसक्यौं

धुनुषा प्रहरी प्रमुख भन्छन जबरजस्ती करणी गर्नेलाई नियन्त्रणमा लिईसक्यौं

cnewsnepal

मंगलबार, बैशाख १७ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


धनुषा, १७ वैशाख
जबरजस्ती करणी गरेको अभियोगमा मिथिला विहारी नगरपालिका ५ ललिया टावर वाट एक जनालाई पक्राउ गरेको छ ।

मिथिला विहारी नगरपालिका ५ ललिया टावर टोल बस्ने २८ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने २५ वर्षीय जिवछ कुमार दासलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लिलियाबाट र ईलाका प्रहरी कार्यालय धनुषाधाबाट खटिएको प्रहरीले दासलाई पक्राउ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख शेखर खनालले वताए । प्रहरी प्रमुख खनालका अनुसार दासलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको वताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार