काठमाडौं ।कलंकी क्षेत्रमा ट्राफिक प्रहरीकाे नियमित डियुटी भन्दा फरक देखियाे । कलंकी क्षेत्रमा ट्राफिक जाम खुलाउन,मापसे चेक जाँचमा खटिने ट्राफिक प्रहरी केही दिन यता यात्रुहरूहरूलाई नमस्कार सहित जनचेतना मुलक कार्यक्रममा सक्रियता बढाएकाे छ । काेराेना महामहारीमा तपाईंको मास्क खै अभियान, मास्क प्रयाेग गराै भन्ने सन्देश मुलक स्टिकर तास गर्दै हिड्ने कंलकी ट्राफिक अहिले फेरि जनचेतना मुलक सन्देश सहित यात्रु संग एक मिनेट कार्यक्रमलाई निरन्तरता दिएकाे हाे ।
कलंकी ट्राफिक अहिले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको ट्राफिक प्रहरीले अनुगमन गरेको छ ।
पछिल्लो समय सार्वजनिक यातायाताले मनोमानी भाडा लिएको गुनासो धेरै आएपछि प्रहरीले अनुगमनलाई तिब्रता दिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले हरेक ट्राफिक युनिटहरूमा यात्रुहरूले गुनासाे र अाम नागरिकहरूलाई सुसूचित गर्ने उदेश्यलेहामीले व्यापक जनचेतनामूलक अभियानहरू सञ्चालन गर्दै अाएकाे बताए । महाशाखा प्रमुख भट्टराई भन्छन यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै मनोमानी ढंगले रकम असुल्न थालेकाे गुनासाे अाए पछि हामीले यात्रु सचेना अभियान लाई तिव्रता दिएका छाै ।
रत्नपार्क देखि नागढुंगा सम्म चल्ने सार्वजनिक यातायातलाई कलंकीमा ट्राफिक प्रहरीले चेकजाँच गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्स्पेक्टर शंकर खड्काले उक्त यातयातको अनुगमन गरेका थिए ।
उनले बढी भाडा लिएमा १०३ नम्बरमा फोन गर्न समेत यात्रुलाई आग्रह गरे । बढी भाडा लिएको गुनासो आइरहेकाले कार्यालयबाट धेरै जनशक्ति सार्वजनिक यातायात अनुगमनमै खटाइएको महाशाखाले जनाएको छ । बसमा हुने दुर्ब्यबहार अनि चालक सहचालकले तोकेको भन्दा बढी भाडा लिगेको खण्डमा १०३ मा खबर गर्न सम्झाउदै ट्राफिक प्रहरी प्रभाग कंलकीले प्रत्येक बसमा कम्तिमा एक मिनेट कार्यक्रम संचालन गरेको छ। जनचेतनामूलक यो कार्यक्रम बाट सबै यात्रुले खुशी हुँदै ट्राफिक प्रहरीलाई धन्यवाद व्यक्त सम्म गरेका छन
यात्रुलाई तोकिएभन्दा बढी भाडा नतिर्न र बढी भाडा लिनेको जानकारी महाशाखाको निःशुल्क फोन नं १०३ मा खबर गर्न समेत महाशाखाले अनुरोध गरेको छ । प्रहरीले सिट क्षेमता भन्दा वढि राखेकाे पाई यात्रु झराल्ने र सवारी चालकलाई कारबाही गर्ने गरेकाे छ ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त