• ट्रेण्डिङ :

प्रधानमन्त्री देउवा र ठाकुरबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र ठाकुरबीच भेटवार्ता

cnewsnepal

बुधबार, साउन ६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ ।

यी दुई नेताबीच आज बिहान प्रधानमन्त्री निवास बाुलवाटारमा भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा छलफल भएको  छ ।

जसपाले प्रधानमन्त्री देउवालाई विश्वासतको मत दिने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ ।

ठाकुरनिकट एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएको मगलगायत विषयमा छलफल भएको छ ।

जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवदेन सार्वजनिक गर्नुपर्ने विषय उठाइएको छ ।

आज प्रधानमन्त्रीसँगको भेटमा दुवै नेताबीच यस विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार