• ट्रेण्डिङ :

टिप्परको ठक्करबाट स्थानियको ज्यान गएपछि थानकोटमा प्रदर्शन,त्रिभुवन राजमार्ग अवरुद्ध

टिप्परको ठक्करबाट स्थानियको ज्यान गएपछि थानकोटमा प्रदर्शन,त्रिभुवन राजमार्ग अवरुद्ध

cnewsnepal

आइतबार, साउन १० २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


करिव १५ दिन अगाडी थानकोट स्थित त्रिभुवन पार्क नजिकै टिप्परको ठक्करबाट घाईते भएका स्थानिय सुचेन्द्र श्रेष्ठको आज ज्यान गए पछि स्थानियले त्रिभुवन राजपथ बन्द गरेका छन् ।

टिप्परको ठक्करबाट घाईते भएका चन्द्रागिरी न पा ४ का २८ बर्षीय सुचेन्द्र श्रेष्ठको मेडिसिटी अस्पतालमा मृत्यु भए पछि स्थानियहरु आन्दोलनमा उत्रिएका हुन् ।

चित्लाङ काठमाण्डौ सडक खण्डमा पर्ने गणेश राजमार्ग बाटाे खन्ने क्रममा निस्केकाे ढुङ्गा बोक्ने टिप्परको ठक्करबाट सुचेन्द्र श्रेष्ठ सवार स्कुटर क्षतविक्षत भएको थियो ।

पिडीत पक्षले चन्द्रागिरी न पा वडा नम्बर ४ मा भैरहेको प्राकृतिक दोहन बन्द गर्नु पर्ने माग गरेका छन् भने मृतकको परिवारलाई उचित क्षतिपुती दिन पनि दवाव दिएका छन् ।

अहिले सो क्षेत्रमा ठुलो संख्यामा दंगा प्रहरी परिचालन गरिएको छ । स्थानियको विरोध प्रदर्शनका कारण राजधानीबाट बाहिर जाने र भित्र प्रवेश गर्ने हजारौ सवारी साधन बाटोमै रोकिएका छन् ।अाक्राेसित स्थानीयले ढुङ्गा मुडा समेत भईरहेकाे छ

प्रतिक्रिया
सम्बन्धित समाचार