• ट्रेण्डिङ :

दाङका युवक ब्राउन सुगरसहित पक्राउ

दाङका युवक ब्राउन सुगरसहित पक्राउ

cnewsnepal

सोमबार, साउन ११ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


११ साउन दाङ  । तुलसीपुरका एक युवक ब्राउन सुगरसहित पक्राउ परेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ घर भई हाल तुलसीपुर ६ मा डेरा गरी बस्ने २७ वर्षीय राजकुमार वली आइतबार बेलुका पक्राउ परेका हुन्।

दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार वली आइतबार बेलुका ७ बजेतिर तुलसीपुर १३ दमारगाउँबाट पक्राउ परेका हुन्।

नेपालगञ्जदेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १७१८ नम्बरको सार्वजनिक बस चेकिङ गर्ने क्रममा ७ ग्राम ६६ मिलिग्राम ब्राउन सुगर वलीको साथबाट बरामद भएको डिएसपी रिजालले बताए।

 

जिल्ला प्रहरी कार्यालय घोराही र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको साधा पोशाकको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा वलीलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार