१२ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।
हिमालय एयरलाइन्सको उडानमार्फत दुबईबाट आएका गोरखाका पदम परियारलाई एक हजार एक सय ६५ ग्राम सुनसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले विमानस्थलको आगमनतर्फको भन्सार चेकचाँच गर्ने क्रममा एक्सरे गर्दा उनले ल्याएको कफी मेकरमाथि शंका लागेर खोलेर हेर्दा फलामबाट बनेको वस्तुभित्र अवैध रुपमा ल्याएको ११ सय ६५ ग्राम सुन फेला परेको जानकारी दिए ।
परियारले ल्याएको सुन दुबईमा बस्ने राजु केसीले पठाएको खुलेको छ । प्रहरीले परियारलाई आवश्यक कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ । केसीकाे ठेगाना खुलेकाे छैन ।